top of page

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

  • Sitara
  • Mar 17, 2018
  • 1 min read

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । शनिबार उपराष्ट्रपति निर्वाचन कार्यालयले तोकेको उम्मेदवारी दर्ता समयभित्र पुनको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएका हुन् । कार्यालयले उपराष्ट्रपतिको लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।

निर्विरोध निर्वाचित भएको घोषणा भने भोलि मात्रै हुनेछ भन्ने जानाकारी आएको छ ।

पुनको प्रस्तावकमा सुवास नेम्बाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ थिए ।

यस्तै उनको समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण बिडारी र राजेन्द्र प्रसाद गौतम थिए ।

पुनले आफ्नो पहिलो कार्यकाल सफल भएको बताएका छन् । उम्मेदवारी दिइसकेपछि पुनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली जनता, राजनीतिक दल, कुटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै संघ/संस्थासँग आफ्नो र नेपादलकै सम्बन्ध असल र सुदृढ भएको बताए ।

उनले दोस्रो कार्यकाल पनि रहनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, 'आगामी दिनमा राष्ट्रिय सार्वभौमसत्ता, अखण्डताको लागि र संविधानको संरक्षण एवं पालनाको लागि प्रतिवद्धता रहने बचन बद्धता राख्न चाहन्छु ।'

राष्ट्रपतिमा उम्मेदवारी दिएको विपक्षी दल कांग्रेससँगै अन्य दलहरुले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएनन् ।

साभार्: कान्तिपुर

コメント


Featured Posts
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square
Join my mailing list
  • White Facebook Icon
bottom of page